हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई किलो १४० ग्राम लागूऔषध अफिमसहित मकवानपुरको राक्सिराङबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ राक्सिराङ गाउँपालिका वडा ५ बोटबारी स्थित पैदल हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा लागूऔषध अफिमसहित नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका वडा नम्बर- ४ बस्ने बर्ष १८ को दिपक साह र बारा सिम्रनगढ नगरपालिका वडा नम्बर – १ बस्ने बर्ष १९ को शसि मुखिया रहेको प्रहरीले जनाएको छ ।