मकवानपुर – मकवानपुरको उत्तरी थाहा नगरपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्म १२ सय मत गन्दा गठबन्धनबाट (नेकपा माओबादी केन्द्रका) उम्मेदवार बिष्णु बहादुर बिष्ट अगाडी रहनु भएको छ । विष्टले ६१४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार अचुतम प्रसाद ढकाल भने ४१८ सय मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपमेयरमा पनि गठबन्धनबाट (कांग्रेस) का भरत गोपालीले ५७० र एमालेका कल्पना वलामीले ४४६ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।