अनुप पौडेल/ साउन ६
भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) भनेको आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र तिनमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरीवेक्षण गर्ने कार्य हो ।
यसको प्रयोग गर्न सामानको ढुवानी गर्ने वेलामा विभागको वेबसाइटमा गई लग इन गरी प्रयोगकर्ता व्यवस्थापन सूचीमा गई प्रयोगकर्ता र प्रयोगकर्ताको शाखाको युजर आइडी र पासवर्ड बनाउनुपर्छ । अबदेखि केन्द्रिय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसारपसार गर्नुपर्ने छ । यदि ब्यवसाय सहि ढंगबाट चलि आएको छ भने यो प्रणाली ब्यवसायी र राज्य दुबैको हितमा हुन आउने छ तर ब्यवसायीले कर छली तथा कालाबजारी गर्ने चाहाना गर्नेहरुले नै हो अहिले यो प्रणालीको बिरोध गरेका हुन् । कर छली तथा कालाबजारी गर्नेलाई साफनाफ गर्नु नै यो प्रणालीको उद्देश्य रहेको छ ।
त्यसपछि प्रयोगकर्ताले ढुवानी साधनको विवरण प्रविष्ट गर्नुपर्छ । साथै कन्साइनमेन्ट थप्नुहोस् भन्ने मेनुमा गएर बिल बिजक, प्रज्ञापनपत्र, चलान, डेबिट/क्रेडिट नोट, खरिद–बिक्रिसम्बन्धी विवरण भर्नुपर्दछ । त्यस पश्चात् प्रयोगकर्ताले आफ्नो शाखाबाट कन्साइनमेन्ट थप्नुपरेमा मध्यकन्साइनमेन्ट मेनु प्रयोग गरी थप्न सकिन्छ । यस प्रणालीले अपारदर्शी र अनौपचारिक व्यवसायलाई पारदर्शी र औपाचारिकमा रुपान्तरण गर्ने महत्वपुर्ण कार्य गर्दछ ।