युराे कप फुटबलमा आज भएकाे पहिलाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई हराएकाे छ । लन्डनकाे वेम्बली स्टेडियममा भएकाे खेलमा इङ्ल्यान्डले क्राेएशियालाई एक–शून्यले हराएकाे हाे ।समूह ‘डी’ मा रहेका दुवै टाेलीले पहिलाे हाफ बराबरी खेलेका हुन् । खेलकाे ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गाेल गर्दै टाेलीलाई अग्रता दिलाए । त्यही गाेल इङ्ल्यान्डका लागि निर्णायक बन्न पुग्याे ।त्यस्तै  युरो कपमा आजै बेलुका पौने १० बजे समूह ‘सी’ मा रहेका अस्ट्रिया र नर्थ म्यासेडोनिया खेल्दै छन् । त्यसैगरी राति समूह ‘सी’ मा रहेका नेदरल्यान्ड्स र युक्रेन पनि खेल्दै छन् । खेल राति पौने १ बजे हुनेछ ।आज सबै टोली पहिलो जितको खोजीमा हुने छन् ।