हेटौंडाः २०७२ सालको भूकम्पका कारण क्षति भएका निजी घरहरुको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७५÷०७६ मा मकवानपुरमा २ अर्ब २५ करोड रुपैयाँ अनुदान वितरण भएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन) कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब २५ करोड ३० लाख ८५ हजार रुपैयाँ अनुदान वितरण भएको हो ।
कार्यालयका प्रमुख बिमल किशोर केपिका अनुसार मकवानपुरमा (अनुदान व्यवस्थापन) कार्यालय मार्फत चालु आर्थिक वर्षको हालसम्म निजी आवास पुनर्निर्माणतर्फ १ अर्ब ९३ करोड १२ लाख र विभिन्न गैरसरकारी संस्था मार्फत ३२ करोड १८ लाख ८५ हजार गरेर २ अर्ब २५ करोड ३० लाख ८५ हजार रुपैयाँ वितरण भएको छ । जिल्लामा २०७२ सालको भूकम्पपछि हालसम्म भने निजी आवास पुनर्निर्माणका लागि करिब ६ अर्ब रुपैयाँ अनुदान वितरण भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म सम्झौता गरेका २७ हजार ८ सय ३४ लाभग्राही मध्ये अनुदान सम्झौता गरेका लाभग्राहीलाई पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान वितरणमा उक्त रकम प्रदान गरिएको कार्यालयका प्रमुख केपिले जानकारी दिनुभएको छ । जिल्लामा हालसम्म ९० हजार ९ सय ९४ जनाको कुल सर्वेक्षण गरिएको मध्ये पहिचान भएका पूर्ण क्षति लाभग्राहीको संख्या ३४ हजार ३ सय ९ रहेको छ । जस मध्ये हालसम्म २७ हजार ८ सय ३४ जना लाभग्राहीले सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरमा २७ हजार ५ सय ८९ लाभग्राहीले प्रथम किस्ता प्राप्त गरेका छन् भने २२ हजार १ सय ६२ जनाको दोश्रो किस्ता प्रमाणीकरण भएको र २१ हजार ७ सय २४ लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा हालसम्म १७ हजार २७ जना लाभग्राहीको तेश्रो किस्ता प्रमाणीकरण भएको जसमध्ये १३ हजार ७० जनाले तेस्रो किस्ता प्राप्त गरेको जानकारी दिनुभयो । साथै जिल्लामा २४ हजार ३ सय ६४ जना लाभग्राहीले आवास निर्माण कार्य शुरु गरेको र हालसम्म १६ हजार ६ सय १८ निजी आवास निर्माण कार्य सम्पन्न भएको प्रमुख केपिले बताउनुभएको छ । साथै पहिचान भएका १२ हजार ९ सय ४६ जना लाभग्राही मध्ये ७ हजार २ सय ४६ जनाले अनुदान सम्झौता गरेको तथा सबैले प्रथम किस्ता प्राप्त गरेको तर, प्रवलीकरणको दोश्रो किस्ता भने कसैले प्राप्त नगरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै प्रमुख केपिले जिल्लामा २ हजार ७ सय घर मापदण्ड विपरित बनेको र २ हजार ६ सय २६ घरको प्रमाणिकरण भएको समेत उहाँले जानकारी दिनुभएको छ । त्यस्तै मकवानपुरमा हालसम्म १४ जना गैरलाभग्राहीले अनुदान रकम फिर्ता गरेको, ६ सय २७ लाभग्राही जोखिम वर्गमा परेको र २६ जना जोखिमयुक्त वस्तिका लाभग्राही रहेको उहाँले जानकारी दिनुभएको छ । जिल्लामा २० जना जोखिमयुक्त वस्तिका लाभग्राहीको जग्गा खरिद गरिसकेको उहाँले बताउनुभयो । त्यस्तै जिल्लामा पहिचान भएका भूमिहीन लाभग्राहीको संख्या २ हजार २५ मध्ये हालसम्म १ हजार ८ सय २३ जनालाई साविककै स्थानमा घर निर्माण गर्न स्वीकृत प्रदान गरिएको र जिल्लामा हालसम्म २५ जना भूमिहीन लाभग्राहीले अन्यत्र जगगा खरिद गरेको उहाँले जानकारी दिनुभएको छ ।
त्यस्तै जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा १० जना लाभग्राहीको वस्ती स्थानान्तरण र २५ जना भूमिहिन लाभग्राहीको जग्गा खरिदको लागि ६९ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा भीमफेदी–कोगटे–इपा–देउराली सडक स्तरोन्नति अन्तर्गत ५ करोड ७१ लख रुपैयाँ खर्च खर्च भएको उहाँले जानकारी दिनुभएको छ ।