मकवानपुर– हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आजको खेलमा लिग विजेता मछिन्द्र क्लबले संकटा क्लबलाई पराजित गरेको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा भएको निकै नै रोमाञ्चक खेलमा मछिन्द्रले संकटालाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गरेको हो ।

जितसंगै मछिन्द्र क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । मछिन्द्र क्लबका राजेश परियारले खेलको २५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । खेलको म्यान अफ दी म्याच मछिन्द्रका राजेश परियार घोषित हुँदै नगद १० हजार प्राप्त गरे । मछिन्द्रले सेमिफाइनलमा बुधबार साविक विजेता मकवानपुर–११ संग प्रतिस्पर्धा गर्नेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना तथा स्थानीय तहहरुको प्रायोजनमा भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । भने, विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । फागुन २७ गते देखी शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने छ ।