मकवानपुर– मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजकुमार न्यौपाने प्यानलको चुनाव प्रचार प्रसारका लागि सचिवालय स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच हेटौंडा–४ स्थित बालकुमारी पाट्री प्यालेसमा सचिवालयको सुभारम्भ गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य एवम् मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका न्यौपानेले सचिवालयको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले उधोगी व्यावसायिको सामुहिक अपेक्षा उर्जावान नेतृत्व व्यावसायिक सुरक्षा भन्ने मूल नाराका साथ अघि बढेको बताउनुभयो ।

अध्यक्ष पदका उम्मेदवार न्यौपाने सहित उहाँको प्यानलमा बाणिज्य तर्फ उपाध्यक्षमा राम प्रसाद न्यौपाने, उद्योग तर्फका उपाध्यक्षमा प्रतिमा श्रेष्ठ ,एसोसिएट तर्फका उपाध्यक्षमा उज्वल चौलागाईं र बस्तुगत तर्फका उपाध्यक्षमा राजु अधिकारीले सयुक्त रुपमा उम्मेदवारी घोषण गरिसक्नु भएको छ । केही दिनमै आफ्नो प्यानलमा सदस्यहरुको समेत उम्मेदवार सार्वजनिक गर्ने न्यौपानेले बताउनुभयो । मकवानपुर उद्योग बाणिज्य संघको ५४ बार्षीक साधारण सभा चैत २१ र २२ गते हुनेछ भने निर्वाचन चैत २३ गते हुने छ ।