हेटौंडा– मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा सोमबार प्रहरी चौकी भवन उद्घाटन गरिएको छ । रक्सिराङ गाउँपालिका––९ स्थित प्रहरी चौकी कान्द्राङको नवनिर्मित भवनको बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भूजेलले उद्घाटन गर्नुभएको हो ।
प्रदेश सरकारको एक करोड १८ लाख रुपैयाँको लगानीमा प्रहरी चौकी कान्द्राङको सुविधा सम्पन्न १५ कोठे भवन निर्माण गरिएको हो । प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक सहित ५ जना कार्यरत छन् । कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राज कुमार मल्ल, प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, उप–अनुसन्धान निर्देशक लिलाधर पौडेललगायतको उपस्थिती थियो ।