मकवानपुर – मकवानपुरमा शक्तिपीठ र मन्दिरहरुमा नित्य पुजा बाहेक सर्वसाधारणलाई प्रवेश गर्न निषेध लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो एक सुचना जारी गर्दे कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला भित्र रहेका सबै शक्तिपिठ र मन्दिरहरुमा नित्य पुजा बाहेक सर्वसाधारणको प्रवेशमा पूर्ण रोक लगाएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले मन्दिरकातर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्यरगतिविधि गर्न निषेध गरिएको बताउनुभएको छ । प्रशासनद्धारा जारी सुचनामा सो विपरित कोहि कसैवाट भए गरेमा कानुन बमोजिम कारकाही हुने समेत उल्लेख छ । आजदेखि बडादशैँ सुरु भएसँगै शक्तिपीठ तथा मन्दिरमा भीडभाड हुने भएकाले गृह मन्त्रालयको निर्णय बमोजिम जिल्लामा यस्तो सुचना गरिएको हो ।
