हेटौंडाः पतंजलि योग समिति मकवानपुरले मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर गुरु पूर्णिमा पर्व मनाएको छ । पतंजलि योग जिल्ला समितिको आयोजना तथा ७ नम्बर वडा कार्यालयको सहयोग र वनदेवि योग साधना केन्द्रको समन्वयमा हेटौंडा–७ स्थित वनदेवी योग साधना केन्द्रमा विभिन्न कार्यक्रम गरेर पर्व मनाएको हो । पतंजलि योग जिल्ला समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले योगको माध्यमबाट स्वस्थ रहन सकिने भएकाले योग अभ्यास आवश्यक रहेको बताउनुभएको छ । उहा“ले विद्यालय शिक्षामै योग सम्बन्धी ज्ञान दिनुपर्ने धारणा समेत राख्नुभयो । कार्यक्रममा ७ नम्बर वडाअध्यक्ष राजन थापाले योगका माध्यबाट जनतालाई स्वस्थ्य राख्ने अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहा“ले योग सम्बन्धी शिक्षा विद्यालय, समुदाय, टोलि विकासहरुमा व्यापक रुपमा संचालन गर्नुपर्ने बताउनुभएको छ । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले पहिलो गुरु आमाबुवा भएकाले आमाबुबालाई श्रद्धा गर्नु पर्ने धारण राख्नुभएको थियो । साथै मानिसको जिवनमा गुरुको ठूलो महत्व भएको समेत वक्ताहरुले धारणा राख्नुभएको थियो । कार्यक्रममा पतंजलि योग समिति केन्द्रीय सदस्य योग गुरु ललित शंकर योगि, जिल्ला उपाध्यक्ष उपाध्यक्ष सम्राट तुम्वाहाङफे, पतंजलि योग समिति ३ नम्बर प्रदेश सह प्रभारी कविता थपलिया, पूर्व अध्यक्षहरु विष्णु श्रेष्ठ र धु्र्रव पांैडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा योग कक्षा संचालन गर्ने जेष्ठ योग शिक्षक चन्द्रकान्ता श्रेष्ठ, विन्दु मानन्धर, ज्ञान प्रसाद चौलागाई, पुण्यवति प्रधान, गिर्जा चौधरीलगायतलाई सम्मान समेत गरिएको थियो ।