३ नम्बर प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले राजीनामा दिनु भएको भएको छ । उपाध्यक्ष देवकोटाले आफुले असार २५ गते नै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई राजिनामा पत्र दिएको जानकारी दिनुभएको छ । आफुले व्यक्तिगत र घरायसी कारणले राजिनामा दिएको देवकोटाले बताउनुभएको छ । उपाध्यक्ष देवकोटाले राजिनामा अव फिर्ता नलिने समेत जानकारी दिनुभयो ।
उपाध्यक्ष देवकोटाले ब्यक्तिगत कारण देखाएर राजिनामा दिएपनि बजेटका बिषयमा धेरैखालका असन्तुष्टी भएको बुझिएको छ । उहाँका असन्तुष्टीको समाधान गर्नका लागि दिएको राजिनामा पनि गोप्य राखिएको थियो । तर, मुख्यमन्त्री पौडेलको यसबिषयमा कुनै जोड बल नपुगेपछी ६ दिन अगाडी दिएको राजिनामा आज बाहिर आएको हो । नीति तथा योजना आयोगलाई सुन्यको अवस्थाबाट अहिलेको अवस्था सम्म ल्याएकाले अब प्रदेश सरकारलाई ५ वर्ष गर्ने कामको खाका तयार रहेकाले सरकारलाई आर्थिक भार थप्न नचाहेकाले पदबाट राजिनामा दिएको उहाँले बताउनुभएको छ । “अब म नहुँदा पनि आयोगको काम राम्रो संग चल्छ त्यसैले राजिनामा दिएको हुँ ।” उपाध्यक्ष देवकोटाले भन्नुभयो ।