अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
बाढी, पहिरो र डुबानमा परी सबै भन्दा बढी मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, काठमाडौंमा, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् । बाढी पहिरोमा परी ३१ जना बेपत्ता भएका छन् भने ३३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । यसै गरी बाढी, पहिरो र डुबानमा परी ३१ जिल्ला प्रभावित भएको छ भने २ हजार एक सय ५६ जनाको सकुशल उद्दार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्रोह हजार पाँच सय ३० घरधुरी प्रभाबित भएका छन् ।