फाइल फाेटाे

हेटाैंडा– आज थप दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार सात सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय २६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ५९ जिल्लाका एक हजार सात सय ५८ जना पुरुष र एक सय ३१ जना महिलामा कोरोना भाईरस सङ्क्रमणको पुष्टि भएको छ । यसै गरी आज थप एक जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कूल दुई सय २१ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज डडेलधुराका २८ वर्षीय पुरुष उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । हालसम्म एक सय ७३ जना पुरुष र ४८ जना महिला कोरोना भाइरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।