मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेशका एक हजार पत्रकारको कोरोना बीमा गर्ने भएको छ । कोरना भाइरसको जोखिमका बीच पनि समुदायमा पुगेर समाचार संकलन गर्दै जनताको सुचनाको हकका लागि निरन्तर लागिरहनुभएका पत्रकारहरुको सुरक्षाको लागि प्रदेश सरकारले बीमा गर्न लागेको हो ।
पहिलो चरणमा एक हजार पत्रकारको एकलाख बराबरको बीमा गरिने प्रदेश प्रेस रजिस्टार रेवति सापकोटाले जानकारी दिनुभयो । प्रदेश सरकारले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चार गृहहरुसँगको समन्वयमा कोरोना बीमा गर्ने योजना रहेको सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा फ्रन्टलाईनमा खटिएका प्रदेशभित्रका सबै जिल्लामा कार्यरत एक हजार पत्रकारको कोरोना बीमा गरिने उहाँले जानकारी दिनुभयो । पत्रकारहरुलाई कार्यस्थलमा खटिदा कोरोना संक्रमणको जोखिम रहेकाले राहत स्वरुप बीमा गर्न लागिएको उहाँले बताउनुभयो । बीमा गर्नका लागि कम्पनी छनौट गर्न छलफल सुरु गरिएको सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिनुभयो ।