सांकेतिक तस्विर

हेटाैंडा– नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार सात सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ सय २१ जना मानिसमा कोरोना भाइरस संक्रमण भएको छ भने आठ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज देशभर १० हजार नौ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।