हेटाैंडा– नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय २१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ सय २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ४९ हजार दुई सय ४४ जना पुगेका छन् ।
आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार नौ सय ५५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ८२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ३६ हजार ५७ रहेको छ । आज थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार सात सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।