मकवानपुर– मकवानपुर प्रहरीले बुधबार जिल्लाको राक्सिराङ गाउँपलिकामा लगाईएको साढेँ १८ बिगाहा क्षेत्रमा लगाइएकाे अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ–४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका स्थानमा लगाइएकाे साढेँ १८ बिगाहा अफिम खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गण समेतबाट संयुक्त रुपमा खटिएको ४५ जनाको प्रहरी टोलीले अफिम खेती फडानी गरी नष्ट गरेको हो । यस्तै टोलीले गाँजा काटेर खेतमै लुकाई राखेको अन्दाजी ५ क्वीन्टल गाँजा जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।