सांकेतिक तस्विर

मकवानपुर– मकवानपुर प्रहरीले डाँका र वन मुद्दामा कैद तथा जरीवाना भुक्तान गर्न बाँकी ३ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । प्रहरीले डाँका मुद्दामा ६ वर्ष कैद र २ लाख ६४ हजार जरीवाना तथा वन मुद्दामा क्रमश १८ दिन कैद र १९ हजार ७५० जरीवाना भुक्तान गर्न बाँकी तीनजनालाई आज पक्राउ गरेको हो ।
प्रहरीले डाँका मुद्दामा जिल्ला अदालत मकवानपुरद्धारा २०७० साल असाढ ३१ गते ६ वर्ष कैद र २ लाख ६४ हजार जरीवाना भएका प्रतिवादी हेटौंडा–१६ का ४५ वर्षिया प्रेम बहादुर स्याङतानलाई पक्राउ गरेको जनाएको छ । यस्तै वन मुद्दामा २०७१ साल असाढ २३ गते १८ दिन कैद र १९ हजार ७५० रुपैया जरीवाना तोकिएका मनहरी–९, का ४८ वर्षिया हरीकृष्ण न्यौपाने र मनहरी–९ कै ४२ वर्षिया भेष बहादुर अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई कैद तथा जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको उहाँले जानकारी दिनुभयो ।