देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ९९ जना संक्रमण मुक्त भएका छन् । आज थप ५ हजार ६ सय ९९ जना संक्रमण मुक्त भएसंगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । यसैगरी आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १९ हजार ९ सय ६३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना भाइरसबाट आज थप १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ३ सय २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।