२९ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित कडा आप्रवासन नीति लागु गरेसँगै अष्ट्रेलिया अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा आवेदनमा गिरावट देखिन थालेको छ ।

फाइनान्सियल रिभ्युका अनुसार डिसेम्बरदेखि फेब्रुअरीबीचमा पछिल्लो दुई वर्षमै सबैभन्दा बढी भिसा आवेदनमा गिरावट देखिएको छ । साथै भिसा अनुमोदन दर पनि घटेर ८१ प्रतिशत भएको छ ।

भिसा आवेदनमा देखिएको सुस्तताले विद्यार्थीहरूले कडा नीतिको वातावरण र आफूलाई अस्वीकार गर्ने सम्भावित उच्च जोखिमलाई ध्यान दिन थालेको संकेत गर्छ ।

अहिले अष्ट्रेलियामा ७ लाखभन्दा बढी विदेशी विद्यार्थीहरू बसिरहेका छन् । यो पनि अहिलेसम्मकै उच्च रेकर्ड हो ।