परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना महामारीलाई हल्का रुपमा नलिन आग्रह गर्दै यसको नियन्त्रणका लागि नागरिक सचेतना एकदमै जरुरी रहेको बताउनुभएको छ । मन्त्रीपरिषद् बैठकका निर्णयहरु सार्बजनिक गर्न आज संचार तथा सुचना प्रबिधी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले कोरोनाका सम्बन्धमा नागरिक सचेत हुने हो भने कोरोना नियन्त्रण गर्न सकिने बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले बाँके, कपिलबस्तु लगायतका जिल्लाहरुमा केही पहिला भयाबह जस्तो बनेको कोरोना संक्रमण सरोकारवालाहरुको प्रयासमा हाल नियन्त्रणमा रहेकाले त्यहांका राम्रा कुराहरुको सिको गरेर काठमाडौं उपत्यकामा अगाडी बढ्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । फेरि लकडाउन हुन्छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा परराष्ट्रमन्त्री ज्ञवालीले फेरि लकडाउन गर्ने सोच सरकारको नरहेको भन्दै सचेतना अपनाउन सबैलाई आग्रह गर्नुभयो ।