मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा आगामी मंसिर महिनामा साताव्यापी फिल्म फेस्टिवल आयोजना हुने भएको छ । थाहा कला केन्द्रको आयोजनामा आगामी मंसिर ९ देखि १६ गतेसम्म साताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ हुन लागेको शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ सातताव्यापी थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मोक्तानले पर्यटनको प्रचुर सम्भावना रहेको तथा प्राकृतिक एवम् भौगोलिक हिसावले नै आकर्षक र मनमोहक रहेको थाहा नगरपालिका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने मूल उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रम आयोजना गर्न बागमती प्रदेशको संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाह नगरपालिकाको प्रत्यक्ष सहभागिता रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा ईत्यादि छायांकनको स्थल विकास तथा प्रचार गर्ने, थाहानगरपालिकाको मुख्य–मुख्य पर्यटकिय क्षेत्रहरुको पहिचान गरि फेस्टिबलमा पाल्नुहुने चलचित्रकमीहरु विच प्रचार गर्ने, चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, ईत्यादि क्षेत्रका दिग्गज दिग्गज कलाकारहरुलाइ थाहाको बारेमा जानकारी गराउने साथै थाहाको पर्यटकिय क्षेत्रको अवलोकन गर्न लगाउने थाहानगरको पर्यटन प्रवद्र्धन हुने खालका तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराउनेलगायतका उद्धेश्यहरु निर्माण गरि फेस्टिवलको आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार अनुमान गरिएको छ ।