हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दा सम्म १७ सय ८६ मत गणना सम्पाँ भएको छ । जसमध्ये एमाले भन्दा गठबन्धनबाट काग्रेशका पालिका अध्यक्षका उम्मेदवार दोब्बर मतले अगाडी रहेका छन् ।
मतगणनामा नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार रंजन कालाखेतीले ९९८ मत प्राप्त गरेका छन् । भने, नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गरेका छन् । एकिकृत समाजबादीका तर्फबाट अध्यक्ष पदका उम्मेदवारले २०२ मत प्राप्त गरेका छन् ।