हेटौंडाः रगतको अभाव भएका बेला हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले आईतबार रक्तदान गर्नुभएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव सम्बन्धी जानकारी लिन पुग्नुभएकी उपमेयर लामाले आफैंले रक्तदान गर्नुभएको हो ।
पछिल्लो समय रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव भएको तथा हाल दैनिक करिब २० युनिट रगतको माग भइरहेकोमा आवश्यक रगतको उपलब्धता नभएको थाहा पाएर अवस्था बुझ्न पुग्नुभएकी उपमेयर लामाले रक्तदान गर्नुभएको हो । रक्तसञ्चार केन्द्रमा अहिले २० युनिट रगतको माग आएको तर १० युनिट मात्र संकलन भईरहेको छ । असार र साउन महिना विपदको समय भएकाले रगतको माग अझै बढी हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । उपमेयर लामाले रगत अभाव भएकोले रक्तदान गरेको बताउनुभयो । उहा“ले सबैलाई रक्तदान गर्न समेत आग्रह गर्नुभएको छ ।