काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । दिउँसोपछि भने केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले जानकारी दिनुभयो । यस्तै, पर्सि मतदानका दिन पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने भएकाले सावधानि अपनाउन मौसमविद्को आग्रह छ । पर्सी दिउँसाे प्रदेश १, मधेस प्रदेश र वाग्मती प्रदेशमा मौसम सामान्य बद्ली हुने तथा प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जू बासीले बताउनुभयो । अन्य प्रदेशको मौसम भने त्यो दिन आंशिक बद्ली हुने अनुमान छ ।