हेटौंडा । मकवानपुर जिल्ला प्रदेश सभा क्षेत्र नम्बर–२ को (ख) का उम्मेदवार लाल बहादुर थापाले राक्सिराङको विकासको लागि पर्यटक उम्मेद्वार भन्दा पनि स्थानिय उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभएको छ । राक्सिराङ गाउँ कमिटिले राखेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले अरु जस्तो ठूला कुराहरु गरेर मतदातालाई झुक्याउने काम आफु नगर्ने भन्दै स्थानिय उम्मेद्वारलाई विजयी गराउनु अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अरुले गरेको कामलाई मैले गरेको भन्दै केहि पर्यटक उम्मेद्वार गाउँगाउँमा पुगिरहेका छन् रे, ५ बर्ष हराउने पर्यटक बनेर आउने, अनि मैले गरेँ भन्दै कुर्लेर हुन्छ ?’ जनताले आफैं बुझि सके ।’
थापाले अरुलाई गाली गर्नको लागि समय नभएको भन्दै बाध्य भएर जवाफ दिन परेको उद्घोष गर्नुभयो । खतिवडालाई संकेत गर्दै थप्नुभयो,‘म भन्न चाहान्छु सिम्पानी,सरिखेत मोटरबाटोलाई एमालेको भनेर ट्याक लगाएर एउटै बजेट नहालेको होइन र ? बजेटबाट बञ्चित गरेको होईन र ? प्याङचे चैनपुरको बाटो मैले बनाएको बाटो भन्दै हिड्नुभएको छ रे त्यो बाटो एमाले सरकार हुँदा बजेट हालेर शुरु गरेको हैन र ? साँच्चिकै वहाँहरुले गरेको भए यस्ता झुठा कुरा ढिडौरा पिट्दै हिड्नु पर्ने अवस्था आउँदैन्थ्यो उहाँले भन्नुभयो ।
त्यस्तै इन्द्र बानियाँलाई कोट गर्दै थापाले ५ बर्ष कुन काम भयो देखाईदिनुस् ? मेरो व्यक्तिगतबाट बाटो बनाउछु भन्नुभएको थियो बनाउनु भयो भन्दै प्रश्न गर्नुभयो । ६ महिना भित्र फुल बनाईदिन्छु भन्दै झुटको खेति नगर्न आग्रह समेत गर्नुभयो । मलाई थापाकै परिवारले भोट हाल्छ भन्दै कुर्र्लिएको देखर दंग परेको भन्दै आफुले आफैलाई भोट हाल्न नपाउनेको यत्रो फुर्ति नदेखाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो,‘म ढुक्क यस मानेमा छु कि वहाँले काम गरेको भए त्यो जनतालाई देखाउन सक्नु पथ्र्यो । काम भन्दा झुटको खेतिमा लागेहरुको विश्वास नगर्न आग्रह गर्दै पर्यटकलाई भन्दा पनि स्थानियलाई भोट दिन अनुरोध गर्नुभयो । उहाँले एमालेको मात्रै उम्मेद्वार नभएको भन्दै गठनबन्धनको कारण आफ्नो पार्टीबाट हेपिएका चेपिएका कार्यकर्ताहरुको समेत उम्मेद्वार भएको बताउनु भयो । राक्सिराङ गाउँकमिटिका अध्यक्ष रोहन लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।