आइसिसी टी-२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेको छ । आज (शुक्रवार) भएको खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेको हो ।
स्कटल्यान्डले दिएको एक सय ३३ रनको लक्ष्य जिम्बावेले पाँच विकेट गुमाएर नौ बलअघि नै भेटायो । उसका कप्तान क्रेग अर्भाइनले ५८ र सिकन्दर राजाले ४० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका जोस डेभेले दुई विकेट लिए । यसअघि होबार्टमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३२ रन बनायो । उसका जर्ज मुन्सेले ५४ रन बनाए । बलिङतर्फ जिम्बावेका तेन्दाई चतरा र रिचार्ड एनगाराभाराले दुई-दुई विकेट लिए ।