मकवानपुर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम तथा उपसभामुख श्रीजना दनुवारले आज बागमती प्रदेशसभाको अवलोकन गर्नुभएको छ । उहाँहरुलाई बागमती प्रदेशका सभामुख भुवन पाठक तथा उपसभामुख अप्सरा चापागाईं खत्रीले स्वागत गर्नुभएको थियोे ।
बागमती प्रदेशसभाका सभामुख तथा उपसभामुख र कोशी प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच प्रदेशसभा सचिवालयमा प्रदेशको संसदीय गतिविधिहरुको अनुभव, आन्तरिक व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति परिचालनको विषयमा छलफल भएको थियो । कोशी प्रदेशका सभामुख र उपसभामुखले प्रदेशसभा भवनको विभिन्न कार्यकक्षहरु, भौतिक पूर्वाधारहरु, सभा सञ्चालन हुने कक्षको अवलोकन गर्नुभएको थियो । कोशी प्रदेशका सभामुख गौतम र उपसभामुख दनुवारले आजै प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलसँग भेट गरेर प्रदेश संसदीय अभ्यासका विषयमा छलफल गर्नुभएको छ ।