मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द पौडेललाई स्वागत गर्नुभएको छ । आईतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रमुख खुलालले भर्खरै प्रमुख सचिवका रुपमा सरुवा भएर आउनुभएका पौडेललाई स्वागत गर्नुभएको हो ।

प्रमुख खुलालले प्रमुख सचिव पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै समसामयीक विषयमा छलफल समेत गर्नुभएको थियो । विशेषत उहाँले जिल्ला समन्वय समितिको अहिलेको अवस्था तथा बागमती प्रदेश सरकारका तर्फबाट प्राप्त सहयोगका विषय लगायत जिल्ला समन्वय समितिलाई परेका समस्याका विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रमुख सचिव पौडेलले बागमती प्रदेशमा जिल्ला समन्वय समितिहरुले निकै राम्रा र प्रदेश सरकारलाई सहयोग हुने तरीकाले काम गरेको बताउनुभयो । उहाँले जिससलाई परेका अप्ठ्याराहरुलाई प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पनि प्रमुख सचिव पौडेललाई स्वागत गर्नुभएको थियो ।
