file photo

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१३ मा शुक्रबार राती बाघले एउटा बाख्रा खाएको छ । शुक्रवार राती स्थानीय पुर्ण सिंह लोप्चनको बाख्रा बाघले खाएको प्रहरीले जनाएको छ ।

लोप्चनको कच्ची गोठबाट एउटा  बाख्रालाई बाघले बाहिरबाट तानेर आधा खाएको र आधा बांकी भाग बाधेको डोरीमा नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको कर्मचारीहरुसंगको समन्वय बाघको खोजतलास तथा कानुनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।