मकवानपुर– मकवानपुरका स्थानीय तहहरुले जिल्लाका हरेक स्थानीय तहमा रसायनिक मलको अभाव रहेको बताएका छन् । मंगलबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा आयोजित स्थानीय तह समन्वय बैठकमा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले जिल्लामा पर्याप्त मात्रामा मल उपलब्ध हुने वातावरण सृजना गर्न आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षामा बसेको बैठकमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुले मल उपलब्धताका लागि सहजिकरण गरिदिन आग्रह गरेका हुन । उनिहरुले खेति गर्ने समयमा किशानले सहज रूपमा मल नपाउने समस्या रहेको तर, सरकारद्धारा अनुदानमा उपलब्ध हुने मल गाउँमा दोब्बर मुल्यमा बिक्रि बितरण भईरहेको विषयमा प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनिहरुले गाउँपालिकाले सुचिकृत गरेका बाहेका सहकारीलाई मल उपलब्ध नगराउन, सहकारीको सदस्य संख्याको आधारमा मल उपलब्ध गराउन आग्रह गरेका छन् । उनिहरुले गाउँपालिकामा सुचिकृत नभएका सहकारीलाई समेत मल उपलब्ध गराउँदा समस्या सृजना भएको बताएका थिए । यस्तै उनिहरुले गाउँमा बाहिरी जिल्लाबाट मल आयात भएर दोब्बर मुल्यमा बिक्रि भएको हुँदा सरकारको अनुदानमा आउने मल कसरी आयो भन्ने विषयमा अनुगमन गर्न समेत आग्ह गरेका थिए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा आवश्यक भन्दा आधा मात्र मल आयात हुने गरेका कारण पनि समस्या हुने गरेको भन्दै अनियमित भएको भए छानविन गर्ने बताउनुभयो । उहाँले मलको समस्या समाधानका लागि समन्वय अधिकारकिो नेतृत्वमा एक समिति बनाएर काम सुरु गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अनियमित रुपमा त्यस्तो भएको पाईएमा कडा कारबाही गरिने उहाँले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीलगायत १० वटै पालिकाका प्रमुख एवम् उपप्रमुखहरूको सहभागिता थियो ।