काठमाडौँ – भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई गोलसंख्यामा पछि पारेका छन् ।
३६ वर्षीय सुनिलको दुई गोलको मद्दतले भारतले विश्वकप छनोटमा सोमबार बङ्गलादेशमाथि २–० को जित दर्ता गरेको थियो । यससँगै उनको गोल सङ्ख्या ७४ पुगेको छ । उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्तामा दोस्रो स्थानमा पुगेका छन् । उनीभन्दा क्रिस्टियानो रोनाल्डो १ सय ३ गोलसहित अघि छन् । अर्जेन्टिनी कप्तान मेस्सीले भने बिहीबार चिलीविरुद्ध गोल गर्दै गोलसंख्या ७२ पुर्‍याएका थिए । समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहासमा भने सुनिल ११ औँ स्थानमा छन् ।