मकवानपुर – नेपालीको मौलिक सम्वत् नेपाल सम्वत् ११४३ को अवसरमा बुधबार हेटौंडामा झाँकीसहितको ¥याली निकालिएको छ । नेपाल भाषा खलः मकवानपुरको आयोजनामा हेटौंडा–१, भिन्तुनापथस्थित खलः परिसरबाट झाँकीसहित निकालिएको ¥यालीले हेटौंडा बजारक्षेत्र परिक्रमा गरेको थियो ।
नेवारी परम्पराअनुसार सगुन वितरणपछि सुरु भएको र्यालीमा सहभागीलाई विभिन्न स्थानमा स्थानीयले पनि सगुन दिएका थिए । हेटौंडामा नेपाल भाषा खलः, नेवा साँस्कृतिक पुचःलगायत विभिन्न खलः, पुचःहरुको सहकार्यमा नेपाल सम्वत्को अवसरमा हरेक वर्ष र्यालीको आयोजना गर्ने गरिएको छ ।
नेवारी बाजागाजासहित निकालिएको ¥यालीमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, नेवा साँस्कृतिक पुचःका अध्यक्ष समेत रहनुभएका हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।