प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र एभरटन काराबायो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै ब्राइटनलाई ३(० ले पराजित गर्दा एभरटनले पनि प्रिमियर लिगकै वेष्टहमलाई युनाइटेडलाई ४(१ ले हराएको छ । ब्राइटनको मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ४४औं मिनेटमा म्याक टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा हुँवा माटा र ८०औं मिनेटमा पउल पोग्वाले गोल गरेपछि युनाइटेडले सहज जित हात पारेको हो ।

उता प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेको एभरटनले पनि वेष्टहमलाई सहजै हरायो । एभरटनका लागि डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गरे । लेविनले खेलको ११औं ७८औ र ८४औं मिनेटमा गोल गरे । रिचारिलर्सनले ५६औं मिनेटमा एक गोल गरे । वेष्टहमका लागि रोवर्ट स्नोडग्रासले ४६औं मिनेटमा एक गोल गरे । टोटनहम हट्सपर न्यूकासल युनाइटेड र म्यानचेष्टर सिटी यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।