मकवानपुर – हेटौंडा औद्योगिक क्षेत्र स्थित क्लोजर सिस्टमस् ईन्टरनेशनल नेपाल प्रालिले हेटौंडा अस्पताललाई ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको हो । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको बिशेष पहल एवम् उद्योग संघ मकवानपुरको संयोजनमा कम्पनीले अस्पतालाई १० लिटर प्रति मिनेट अक्सिजन उत्पादन गर्ने ५ थान कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालमा आज एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो । अक्सिजन कन्सन्ट्रेटर जिसस प्रमुख खुलाल मार्फत प्रतिष्ठानका रजिस्टार राजेश प्रसाईलाई हस्तान्तरण गरिएको थियो । कोभिड संक्रमितलाई उपचारमा सहयोग पु¥याउने उदेश्यका साथ सामाजिक उत्तरदाइत्व स्वरुप कम्पनीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताएको छ । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाललगायत प्रतिष्ठानका पदाधिकारीहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिती थियो ।