सन् २०२८ मा अमेरिकाकाे लस एन्जल्समा हुने ओलम्पिक खेलमा क्रिकेट पनि समावेश हुने भएकाे छ । इन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) ले साेमवार क्रिकेटसहित अन्य ४ वटा खेललाई २०२८ काे ‌ओलम्पिकमा समावेश गर्ने निर्णय गरेकाे हाे ।
ओलम्पिकमा क्रिकेट प्रतियाेगिता टी–२० फर्म्याटमा हुनेछ । भर्खरै चीनमा भएकाे एसियाली खेलकुदमा पनि क्रिकेट समावेश गरिएकाे थियाे । निकै लामाे समयदेखि क्रिकेटलाई पनि ओलम्पिकमा समावेश गराउन आवाज उठ्दै आएकाे थियाे । २०२८ काे ओलम्पिकमा क्रिकेटसहित बेसबल, फल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएकाे छ ।
ओलम्पिकमा क्रिकेट १ सय २८ वर्षपछि फेरि फर्किएकाे हाे । यसअघि सन् १९०० मा ओलम्पिकमा क्रिकेट खेलाइएकाे थियाे ।
आईओसीकाे याे निर्णयलाई लिएर भारतीय क्रिकेटर सूर्यकुमार यादवले खुशी व्यक्त गरेका छन् । विश्व मञ्चमा देशकाे प्रतिनिधित्व गर्ने फेरि अर्काे माैका आएकाे उनले ट्विटरमा लेखेका छन् ।