file photo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र तत्काल नबन्ने बताउनुभएको छ । आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी केन्द्र तत्काल नबन्ने स्पष्ट पार्नुभएको हो ।
यस्तै सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरू आएको भन्दै उहाँले त्यसको भने खण्डन गर्नुभयो । उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताउनुभयो । उहाँले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र बनाउने विषयमा छलफल चलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । छलफल चलेको छ तर टुङ्गिसकेको छैन । जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनु छ ।’