सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।
यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेडबिच प्रतिस्पर्धा हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।