मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भई जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई विदाई गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरेर जिसस प्रमुखरघुनाथ खुलालले मायाको चिनोसहित विदाई गर्नुभएको हो ।

मकवानपुर जिल्लामा रहदाँ सहयोग र सहजीकरणको माध्यमबाट टेवा पु¥याउनु भएकोमा धन्यवाद दिदै प्रमुख खुलालसहित जिसस परिवारले उहाँलाई विदाई गरेको हो । सो अवसरमा गृह मन्त्रालय अन्तरगत विपद व्यवस्थापन महाशाखामा सरुवा भई जान लाग्नुभएका प्रजिअ रिजाललाई प्रमुख खुलालले आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
त्यस्तै जिससले हेटौंडा उपमहानगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईलाई स्वागत गरेको छ । सोहि अवसरमा कर्मचारी मिलन केन्द्रले समेत प्रजिअ रिजाललाई मायाको चिनोसहित विदाई गर्नूका साथै प्रमुख प्रशासकिय अधिकृत चौलागाईलाई स्वागत गरेको थियो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीलगायत विभिन्न गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा कर्मचारीहरुको उपस्थिति थियो ।