मकवानपुर– मकवानपुर घरेलु तथा साना उद्योग संघ अन्तर्गत महिला उद्यमी समितिको अध्यक्षमा सन्तोषि बानीयाँ निर्वाचित हुनुभएको छ । सोमबार हेटौंडामा भएको संघको आठौं अधिवेशनबाट बानीयाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको बरिष्ट उपाध्यक्षमा चन्द्रवती पनेरु, उपाध्यक्षमा विमला थिङ, महासचिवमा दिपा शिवभक्ति चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा रश्मी पौडेल, विद्या गीरी, पदमा मानन्धर र मिठुमाया स्याङ्तान र सल्लाहाकारमा गीता मैनाली निर्वाचित हुनुभएको वरिष्ट उपाध्यक्ष पनेरुले जानकारी दिनुभयो ।
यस्तै अधिवेशनबाट समितिको नगर संयोजकमा अनिशा राई, उपाध्यक्षमा साधना श्रेष्ठ, महासचिवमा उर्मिला रीजाल र कोषाध्यक्षमा रत्ना श्रेष्ठ निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।