हेटौंडा – जिल्ला समन्वय समिति मकवानपुर र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने अन्तर पालिका जिल्ला स्तरिय फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको संयुक्त बैठकले प्रतियोगिताका लागि विभिन्न उपसमितिहरु समेत बनाएको समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् । यही बैशाख ९ गतेबाट हेटौडाको हुप्र चौर खेलमैदानमा हुने प्रतियोगिताका लागि विभिन्न ११ वटा उपसमितिहरु गठन गरेको छ । चौर व्यवस्थापनमा सुनिल लोप्चन, प्रविधिक समितिमा कल्पना शर्मा,स्वास्थ्य समितिमा निरु कुमारी मगर,अतिथि सत्कारमा सानुकुमार लामा,अनुशासन समितिमा देवराज रिमाल टीम व्यवस्थापनमा युनाल मल्ल,स्वयमसेवक परिचालमा किशोर श्रेष्ठ, मन्चमा विमल थापा मगरप्रचार प्रशारमा विवस अधिकारी तथा पुरस्कारमा खुशराज दाहालको टीमलाई जिम्मेवारी दिईएको समितिका अध्यक्ष सानुकुमार लामाले जानकारी दिएका छन् । प्रतियोगिताका विजेताले दुई र उपविजेताले डेड लाख नगर पुरस्कार पाउने यस अघि नै जिल्ला समन्वय समितिले निर्णय गरि सकेको छ ।