हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको बाढी पहिरो ग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । बुधबार मुख्यमन्त्री पौडेलले चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा बाढी पहिरोले भएको क्षतिको स्थलगत अवलोकन गर्नुभएको हो ।

मंगलबार प्रदेश बिपद ब्यबस्थापन निर्देशक समितिको बैठकले मनसुन अवधि पूर्वार्धमै रहेकोले यस अवधिमा मनसुनी वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई रोकथाम तथा न्यूनीरकणका लागि उच्च सतर्कता अपनाउन प्रदेशस्थित सम्पूर्ण मन्त्रालय र अन्तर्गतका निकायहरू तथा सुरक्षा निकायहरूलाई निर्देशन दिएसगै स्यंम आफुनै बाढी पहिरो ग्रस्त क्षेत्रको अवलोकन गर्न पुग्नुभएको हो । स्थलगत अवलोकनमा क्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, भुमि ब्यवस्था, माननीय कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया लगाएतको उपस्थिती रहेको थियो ।