मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपीशर्मा ओली आईतबार (भोली) हेटौंडा आउनुहुने भएको छ । १३३औं अन्तराष्ट्रिय श्रमिक दिवशको अवसमा ओयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा आउन लाग्नु भएको हो ।
बैशाख १८ गते (भोली) हेटौंडा उपमहानगरपालिकास्थित हुप्राचौर परिसरमा १३३औं अन्तराष्ट्रिय श्रमिक दिवशको अवसमा सभा गर्न लागिएको एमाले मकवानपुका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा कार्यक्रम गर्ने तयारी छ’, श्रेष्ठले भन्नुभयो । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा स्थानबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्नु हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सोे अवसरमा पार्टी प्रवेश कार्यक्रम समेत हुने प्रसार प्रचार समितिका संयोजनक धुब्रप्रसाद चौलागाईले बताउनुभयो । उहाँले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिनुभयो । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमाले पार्टी कार्यालयले जनाएको छ ।