मकवानपुर– शनिबार मकवानपुरका थप ११ जना स्वदेश फर्किएका छन् । शनिबार विभिन्न देशबाट नेपाल आईपुगेका उनिहरुलाई नेपाली सेनाले मकवानपुर ल्याईपु¥याएको हो ।
नेपाली सेनाले उनिहरुलाई जिल्ला समन्व्य समितिद्धारा संचालित होल्डिङ स्टेसनमा जिम्मा लगाएको स्टेसनका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । शनिबार कुवेत, मलेसीया र साउदी अरबबाट आएका १० जना मकवानपुर आईपुगेको श्रेष्ठले जानकारी दिनुभयो । होल्डिङ स्टेसनमा आएका मध्ये हेटौंडा उपमहानगरपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढीका २ जना र राक्सिराङ र भीमफेदीका एक÷एक जना आईपुगेको उहाँले जानकारी दिनुभयो । उनिहरु मध्ये ७ जना कुवेतबाट, ३ जना साउदी अरेबीयाबाट र एक जना मलेसीयाबाट आएका रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उनिहरुलाई शनिबार होल्डिङ स्टेसनमा राखेर सम्बन्धीत स्थानीय तहलाई जिम्मा लगाइने उहाँले बताउनुभयो । यसअघी हाेल्डिङ स्टेसनमा ३ चरणमा मकवानपुरका विभिन्न स्थानीय तहका वैदेशिक राेजगारबाट फर्किएकाहरूलाइ हाेल्ड गराएर सम्बन्धीत स्थानीय तहलाइ जिम्मा लगाइएकाे छ ।