४ साउन, हेटौंडा।  अविरल वर्षाका कारण विगत एक हप्तादेखि अवरुद्ध बनेको फाखेल,हुमाने सडक खण्डको पहिरो हटाउने क्रममा स्काभेटर पहिरोमा पुरिएको छ।

उक्त सडक खण्डमा गएको पहिरो हटाउने क्रममा शनिबार दिउँसो सडक माथिबाट आएको पहिरोले स्काभेटर पुरिएको मकवानपुर प्रहरीले जनाएको छ।

सडकमा भएको पहिरो पन्छाउन क्रममा इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरेको महुरिभिरमा  गएको पहिरो हटाउन क्रममा स्काभेटर पुरिएको हो।स्काभेटर पुरिएपनि कुनैपनि मानवीय हताहत नभएको मकवानपुर प्रहरीले जनाएको छ।

यता उक्त सडकमा गएको पहिरो हटाएपछि दिउँसोबाट आसिक रुपमा  एकतर्फी संचालन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।यदपि सबै ठाउँमा गएको पहिरो हटाउन बाकि रहेको र पहिरो हटाउने कार्य भोलि आइतबार पनि रहने प्रहरीले जनाएको छ। प्रहरी र गाउँपालिकाको सहकार्य र सहयोगमा सडक खण्ड खुलाउन प्रयास भइरहेको छ। #प्रष्टखबर