मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १३ जोड्ने कुख्रेनी खोलाको पुल लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बर्षाको समयमा स्थानीयले सास्ती भोग्नुपरेको छ । लामो समयसम्म पुल निर्माण नहुँदा बागमती प्रदेशको राजधानी समेत रहेको सदरमुकाम हेटौंडाको वडा नम्बर १२, १३ र १४ का स्थानीय सास्ती व्यहोर्न बाध्य भएका हुन् ।

पुल निर्माण नहुँदा उपमहानगरपालिका भित्रकै नागरिक बर्षयाममा स्वास्थ्य लगायतका अन्य सेवा लिन सदरमुकाम सम्म आउन सक्दैनन् । बर्खाको समयमा खोलामा बाढी आउँदा स्थानीयलाई आहोर दोहोर गर्नसमेत समस्या हुने गरेको छ । हरेक वर्ष स्थानीयको पहलमा पुलकै छेउबाट स्थायी सडक निर्माण भए पनि वर्षाको समयमा बाढीले बगाएपछि स्थानीयले सास्ती खेप्नु पर्दछ । पुल निर्माणकै क्रममा हरेक वर्ष जोखिम मोडेरै खोला तर्ने क्रममा कहिले मान्छे बगाउने, कहिले गाडी बगाउने त कहिले पुल निर्माणका क्रममा खनिएका खाल्टोमा डुबेर मृत्य समेत हुने गरेको छ । तर, स्थानीय सरकार देखि प्रशासन सम्मको मौनताका कारण पदमपोखरीबासीले सधैँ सास्ती बेहोर्नु परेको छ ।

No description available.

समयमै पुल निर्माण नहुँदा समस्या त परेकै थियो, अझ खोलामा निर्माणाधीन पुलकोलागि थुपारिएको ग्रेभलका कारण समस्या थपिएको छ । आजको सामान्य बर्षामा समेत खोलामा भयावह रुप देखिएको स्थानीयले बताउका छन् । केही समय अघिमात्र ग्रेवल थुप्रार्न खनिएको खाल्टो परि एक युवकको ज्यान गएको र आज बिहानै देखि हेटौंडा १२ र १३ मा आवत जावत गर्ने सवारीहरु दुबैतर्फ रोकिएको तथा स्थानीय जोखिम मोलेरै खोला तर्न बाध्यय भएका छ्न ।

No description available.

खोलामा थुप्रिएको ग्राबेलका कारण वर्षा हुने क्रम बढ्दै गएमा हेटौंडा ९ तर्फका खेती योग्य जमिन कटान हुनुका साथै मकवानपुरको प्रमुख पर्यटकिय स्थल कुस्माण्ड सरोवर त्रीवेणीधाम लगाएत बनस्पती कार्यालयको जडिबुटी रोपण क्षेत्र समेत समाप्त हुने उपभोक्ताहित संरक्षण मञ्च बागमती प्रदेशका अध्यक्ष समेत रहनुभएका स्थानीय बासु प्रसाद खतिवडाले बताउनुभयो । उहाँका अनुसार पानीको बहावलाइ सहजरुपमा बग्ने बाताबरण सृजना गर्न तत्काल थुपारिएको ग्रेवलको ब्यवस्थापन गर्न आवस्यक रहेको हुँदा जिल्ला बिपत ब्यवस्थापन समिती, प्रदेस सरकार भौतिक पुर्वाधार विकास मन्त्राल, स्थानीय सरकार हेटौंडा उपमहानगर पालिका र अन्तरगतका वडा कार्यालयको ध्यानाकर्ष समेत गराउनुभएको छ ।

No description available.

आफ्नो दैनिकी चलाउन तथा अत्यावश्यक कामका लागिसमेत सो खोला तरेर सदरमुकाम हेटौंडा आउनुपर्ने बाध्यता रहेको हेटौंडा–१३ स्थित साहारा टोल विकास संस्थाका अशोक डिम्डुङ्गले बताउनुभयो । ‘सानो काम पर्दासमेत सदरमुकामसम्म आउनुपर्छ, हामीलाई पुल नबन्दा धेरै जोखिम छ’, उहाँले भन्नुभयोे, ‘ज्यान जोखिममा राखेर खोला तर्नुपर्छ ।’ खोलामा बाढी नआएका बेलामा खाद्यान्नहरू ल्याएर दैनिकी चलाइए पनि बिरामी पर्दा भने धेरै समस्या हुने उहाँले बताउनुभयो ।

No description available.

पदमपोखरीका स्थानीयहरू कुख्रेनी खोलामा पुल नहुँदा वर्षौंदेखि ज्यान जोखिममा राखेर खोलाको बाटो हिड्न बाध्य छन् । पुल नहुँदा कतिबेला बाढी आउँछ थाहा नै नहुँने तथा यात्रा गर्न धेरै कठिन रहेको स्थानीय बताउँछन् । कहिले काँही त खोला तर्न नसकिने सदरमुकाममै बस्न बाध्य हुने गरेको उनिहरुको गुनासो छ । राजधानीवासी भएर पनि वर्षा याममा पनि सहजै आवतजावत गर्ने समस्या रहेको उनिहरुको भनाई छ ।