हेटौंडा – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बस सहित ४ सवारी एक आपसमा ठाक्किदा एक दर्जन बढी घाईते भएका छन् । आज बिहानको समयमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ६२५४ नम्बरको ट्रकले सोही दिशा तर्फबाट नै आउँदै गरेको ना १ क ५१२० स्कुलको बसलाई ठक्कर दिएको थियो । उक्त बस सडकमा साईड लाग्न जादाँ पुनः सोही ट्रकले बिपरित दिशाबाट जाँदै गरेको लु १ ख ४३४७ नम्बरको ट्याङकरलाई ठक्कर दिएको थियो ।
उक्त ट्याङ्करले पशुपतिनगरबाट रातोमाटेतर्फ जाँदै गरेको बा ७ च ९६०४ नम्बरको कारलाई थिच्न गएको थियो । पुनः उक्त ट्रकले सडकमा रोकी राखेको प्रदेश ०२०३००१ ख २५०६ नम्बरको टेलर ट्रकलाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । सवारी दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएको र उनीहरुको अहिले हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । घाइते सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताउनुभयो ।