मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाका विभिन्न स्थानमा आइसोनेसन तथा क्वारेन्टाईन निर्माणका सामग्री उपलब्ध गराईएको छ । जिसस प्रमुख रघुनाथ खुलालको पहलमा विभिन्न संघ संस्था एवम् व्यक्तिबाट प्राप्त आईसोलेसन तथा क्वारेन्टाईन निर्माणका सामग्री तथा राहत सामग्री जिल्लाको विभिन्न स्थानीय तहलगायत स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईएको हो ।

प्रमुख खुलालको पहलमा विभिन्न सहयोगि दाताहरुबाट जिससलाई प्राप्त क्यारेन्टिन, आइसोलेसन निर्माणको सामाग्री आवश्यक्ताका आधारमा उपलब्ध गाराइएको उहाँले जानकारी दिनुभयो । क्वारेन्टाई निर्माणकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लाई १५ सेट, जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ८ थान बेड सेट सहितका सामग्री उपलब्ध गराईएको उहाँले जानकारी दिनुभयो । क्वारेन्टाईन निर्माणका लागि मेडिकल बेड, कम्बल/ब्याङकेट, बेडसीट, तकिया (खोल सहित) तौलिया, थर्मस, बाल्टिन, र झुललगायतका सामग्री उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गौरिटार आइसोलेसनको लागि शनिबार मात्रै कमल १० थान, ब्याङकेट १० थान, थर्मस १० थान, तकिया १० थान, बाल्टिन १० थान, तौलिया १३ थान र झुल १० थान साथै मनहरी गाउँपालिकालाई आइसोलेसन निर्माणको लागि मेडिकल बेड सहितको १२ सेट सामग्री उपलब्ध गारइएको प्रमुख खुलालले बताउनुभयो । यस अघि पनि जिसस प्रमुख खुलालको पहलमा उपलब्ध स्वास्थ्य सामग्री तथा राहत सामग्रीहरु जिल्लाका विभिन्न स्थानीय तह एवम् सुरक्षा निकायलाई उपलब्ध गराईएको उहाँले बताउनुभयो । स्थानीय तहलाई जिससका तर्फबाट हालसम्म करीब २० टन राहत सामग्री एवम् स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको छ ।
कोभिड–१९ को प्रकोपकै बिचमा प्रमुख खुलालले जिल्लाका स्थानीय तहहरुमा व्यवस्थापन लगातय हौसला प्रदान गर्न स्थलगत अनुगमन समेत गर्नुभएको छ । स्थानीय तहका प्रमुुखहरुले उहाँको सकृयताले हौसला मिलेको प्रतिकृया समेत दिनुभएको छ । यस्तै जिल्ला समन्व्य समिति मकवानपुरले सदरमुकाम हेटौंडामा समेत होल्डिङ स्टेसन संचालन गरेर कोभिड बिरुद्ध सकृय भएर लागेको छ । जिससले संचालन गरेको हेल्डिङ स्टेसन सुविधा सम्पन्न छ, जाहाँ २० बेडसहित करीब दुइसय जनालाई होल्ड गराउन मिल्ने व्यवस्था रहेको छ । होल्डिङ स्टेसन संचालनले बाहरिबाट आउने जिल्लाका नागरिकलाई सहजता मिल्नुका साथै स्थानीय तहहरुलाई समेत सहयोग पुगेको छ । प्रमुख खुलालले स्थानीय तहका जनप्रतिनिधि तथा सुरक्षा निकायलगायत संघ संस्थाहरुलाई संकटमा एकताबद्ध भएर काम गर्ने वातावरण निर्माणमा समेत सहजिकरण गर्दै आउनुभएको छ ।