फाइल तस्विर

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईसँग खेल्दैछ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान ९:३० बाट सुरु हुदैछ । २०१९ बाट सुरु विश्वकप लिग-२ सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
यही त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रूपमा पराजित गरेको थियो । नेपाल आज पनि सोही लय दोहोर्‍याउने लक्ष्यमा रहेको छ । नेपालले लिग २का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।
लिग-२ अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अङ्क बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ ।
यता समान खेलबाट ३३ अङ्क जोडेको युएई छैटौँ स्थानमा छ । लिग-२ मा स्कटल्याण्ड शीर्ष स्थानमा रहँदै र ओमान दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेका छन् ।
अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अङ्कसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित हाल पाँचौँ स्थानमा रहेको छ ।
आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहन्छ । यदि आजको खेलमा पराजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।