हेटौँडा – हेटौँडाबाट ५ किमी ४०० मिटर पश्चिमोत्तर हिडेरै जाँदा लगभग १ घण्टा ९ मिनेट जति लाग्ने यो गन्तब्य देशभरिका महत्वपूर्ण गन्तब्यहरु मध्येका एकमा परिचित भइसकेको छ । सहिद स्मारकमा विभिन्न ऐतिहासिक राजनितिक कालखण्डमा प्रजातन्त्र, स्वतन्त्रता र राष्ट्रियताको निम्ति, बिना कुनै हिच्किचाहट, आफ्नो प्राणको समेत बलिदान दिनुभएका तथा जिवन नै उत्सर्ग गरि महान बलिदानको रुप दिनुभएका १२ जना महान सहिदहरुको दिव्य मुहारहरुको आकृति सहिदहरुको प्रतिक भएर लगभग २५ टनको एउटै शिलामा कुदिएर जनस्तरबाटै स्थापना भएको छ ।
उक्त अद्भुत शालिक, तल्लो भेगहरुका हरिया काँट तथा जंगलका मनोरम दृश्यहरु देखिने भ्यू टावर र सुन्दर बगैँचा आदी पूर्वाधारबाट सुरु भएको यो स्मारकको संरचना र परिधि बिस्तारै वृहत हुँदै आजको दिनमा शहिद स्मृति स्तम्भ, शहिद ग्यालरी, अझ वृहत सुन्दर उद्यान, पर्यटकिय सुचना केन्द्र, बाल उद्यान, पानी फोहरा र मदन बाटिका र झुलिङ्गे पुलले सुनमा सुगन्ध थप्दै सहिद स्मारकमा आउने पर्यटकहरुको मन छोएको छ । पुष्पलाल, बिपी कोइराला, गणेशमान, मनमोहन अधिकारी जस्ता प्रजातान्त्रिक योद्धाहरुको पूर्णकदको शालिकले सहिद स्मारकको गरिमा झन चुलिएको छ ।

This image has an empty alt attribute; its file name is image-6-1024x651.png
This image has an empty alt attribute; its file name is image-1-1024x650.png